गोकर्णको एतिहासिक देसे गाउँमा खुल्ला नेवा संग्रहालयको शिलान्यास
साँखु,कार्तिक २२ गते सनिवार । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ मा पर्ने गोकर्णको ऐतिहासिक देसे गाउँमा खुल्ला नेवा संग्रहालयको शिलान्यास भएको छ।
संघीय सासद कृष्ण बहादुर राई, बागमती प्रदेश सरकारका भौतिक पुर्बाधार बिकाश मन्त्री रामेश्वर फुयाल, गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोस चालिसे र उप मेयर शान्ती नेपालले एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन।
लिच्छविकालिन महत्वको उक्त संग्रहालय बागमती प्रदेश सरकारको करिब ३३ लाखको लागतमा बन्न लागेको गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिनुभएको छ। उक्त अबसरमा देसे गाउँको तलेजु मन्दिर, गणेश मन्दिर बाराही मन्दिर र कलात्मक पौरानिक संरचनाहरुको समेत सांसद राई नेतृत्वको टोलि द्वारा अबलोकन गरेका थिए ।
चुनाबको बेलामा घोषणापत्र मार्फत जनता संग गरेका प्रतिबद्दताहरु कति पुरा भए कति पुरा भएनन भनेर खबरदारी गर्न पनि अनुरोध गरेका थिए । चुनाबमा गरेका बाचा बन्धन भुल्लान भनेर पार्टीले पनि सम्झाईरहने बताए स्थानीय पार्टीका साथीभाईहरु संग पनि जोडिएर दिगो दुरगामी योजनाहरु बनाउन अनुरोध गरेका थिए । नेपालमा धेरै कुरा शिलान्यास हुन्छ उद्घाटन हुदैन पैसा त्यही डुबिरहेको हुँदा जनप्रतिनिधिहरुले केहि पनि नगरेको जस्तो हुने भन्दै शिलान्यास भएपछि त्यसको उद्घाटन हुनुपर्ने बताए।
अहिले तीनतहकै सरकारको समन्वयमा काम भए पनि त्यसलाई पुरा गरि अझ अगाडी बढाउन प्रदेश सरकार बाट थप बजेटको व्यवस्था गर्ने काममा भौतिक योजना तथा पूर्वाधार मन्त्रि रामेश्वर फुयाल लाग्ने बिश्वास ब्यक्त गरे । उनले संग्राहलय निर्माण पश्चात आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढ्ने हुँदा सोहि अनुसार त्यहाको आर्थिक गतिबिधिमा समेत वृद्धि भई रोजगारीको सृजना समेत हुने बताए ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रि रामेश्वर फुयालले लिच्छवी, किरातकालको त्यो भन्दा आदि कालको अध्ययन गर्दा सम्झना हुने ठाउको नाम उल्लेख गर्दा गोकर्ण भएको बताए। उनले गोकर्णेश्वरको हरेक बेला स्मृति हुने भन्दै त्यो इतिहासको बारेमा नया पुस्ताले सिक्नु पर्ने बताए सो बिषय जोड्दै जोड्दै अगाडी जानु पर्ने बताए ।
भेषभूषा, रीतिरिवाज, खानपान, कला, संस्कृति कागजमा सीमित भइरहेका बेला पछिल्लो पुस्ता यसको संरक्षणमा लाग्नु पर्ने बताउदै परम्परागत कला, संस्कृति, भेषभूषा, खानपान दैनिक जीवनमा प्रयोग गर्न नसके पनि बिभिन्न कार्यक्रम जस्तै मेला महोत्सबमार्फत संरक्षणको प्रयास गर्दै आएको बताए ।
उनले २०४६ सालको क्रान्ति पछाडी देशेमा नेपाल कम्युनिष्ट पार्टी एमालेले जिते पछि सम्पूर्ण ऐतिहासिकता थप्ने गरि कामको थालनी भएको स्मरण गरेका थिए ।त्यसको नेतृत्व गोबिन्द बहादुर श्रेष्ठले गरेको बताउदै त्यति खेर गाउ बिकास समितिले गरेका काम मध्ये देशे आउन बनाएको पुलको उदाहरण दिदै अहिले पनि सो पुल फेरीहाल्न नपर्ने तर कलात्मकता थप्न पर्ने बताए ।
उनले २०४६ सालको क्रान्ति पछि नेपाल कम्युनिष्ट पार्टीले सम्पदा क्षेत्र जोगाउनको लागि जे अभियान अगाडी बढायो त्यो आजको उपलब्धि भएको बताए । उनले देशेमा भएको ऐतिहासिक धर्म सांस्कृतिक विविधताको सम्मान गर्दै भाषा र संस्कृतिसँग जोडिएका विषयको अध्ययन, अनुसन्धान र विकासका लागि जीवन्त इतिहास रुपमा रहेका पुरातात्विक महत्वका ऐतिहासिक धरोहरको संरक्षण सम्वर्धन र विकास गर्नका हेतु खुल्ला संग्राहलय निर्माण गर्न लागिएको जानकारी गराए।
उनले त्यसको लागी सबै घर भत्काउन सम्भब नभए पनि प्रत्येक घरको, झ्याल ढोका ,लगायत बाहिर पट्टि देखिने भागको मुहार एकै किसिमको हुनु पर्छ भनेर बजेट बिनियोजन गरे पनि आज सम्म त्यसलाई अगाडी बढाउन नसकिएको बताए। उनले सो काम पुरातत्व बिभागले डिजाइन गरेर दिनु पर्ने हुँदा त्यो काम अधुरो नै रहेको बताउदै चाडै त्यसमा काम गरिने पनि बताए । उनले अब सो काम ५० /५० साझेदारीमा गर्ने भनिए पनि केहि समय अघि स्थानीय संग छलफल हुँदा ८० /२० प्रतिशत साझेदारीमा सो काम गर्ने सहमति भएको पनि बताए । जस अनुसार २० प्रतिशत सम्बन्धित घर धनीले हाल्नु पर्ने र ८० प्रतिशत नगरपालिका बाट सहयोग रहने जानकारी गराए ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ति नेपालले देशे गाउको ऐतिहासीक, धार्मिक ,संस्कृतिक कला संस्कृतिको जगेर्ना गर्दै आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले संग्रहालय निर्माण गर्न लागिएको जानकारी गराइन । उनले देशे गाउको ऐतिहासिकता मौलिक परम्परा कला सस्कृतिको संरक्षण गरि भाबि पुस्तालाई त्यसको बारेमा जानकारी दिने उदेश्यले पनि पनि खुल्ला संग्राहलयको परिकल्पना गरिएको बताइन।
Comments
Post a Comment