Posts

Showing posts from April, 2021

साँखु बजारको राजकुलो पुनः निर्माण हुने

Image
   साँखु बैशाख ७ गते मंगलवार। शंखरापुर नगरपालिकाको वडा नं. ६ र ७ मा पर्ने साँखु बजार भित्रको राजकुलो पुनः निर्माण हुने भएको छ।     शंखरापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठले दिएको जानकारी अनुसार रास्तृय पुनः निर्माण प्राधिकरणको सहयोगमा उक्त राजकुलो पुनः निर्माण हुन लागेको हो।     प्राधिकरणको करिब ३ करोड ५० लाख आर्थिक सहयोगमा उपभोक्ता समूह मार्फत काम हुने गरि प्रक्रिया अघि बढेको मेयर श्रेष्ठले बताउनु भयो।       बैशाक ६ गते नगरपालिकामा सम्पन्न सम्पदा उप समितिको बैठक बाट बैशाख ११ गते शनिबार चलाखुटोलमा सार्बजनिक भेलाको आयोजना गरि उपभोक्ता समितिको गठन गर्ने निर्णय समेत गरिएको छ।       हाल अस्त ब्यस्त रुपमा रहेको उक्त राजकुलो पुनः निर्माण हुनु राम्रो कुरा भएको र यसले साँखुको साेभा बढने भएकाेले स्थानीयहरु उत्साहित भएका छन।     यस अघि पनि पुनः निर्माण हुने कुरा सुने पनि अहिले सम्म बन्न नसकेको राजकुमार श्रेष्ठले बताए। सम्पदा बस्तीको रुपमा बिकास हुन लागेको साखु शहरको गहनाको रुपमा रहेको ऐतिहासिक महत्वको राजकुलो पुनः निर्माणको अभ...

शंखरापुर नगरपालिका द्वारा साँखु बजारका मासु पसलहरुको अनुगमन ।

Image
  साँखु, बैशाख ७ गते मंगलबार । शंखरापुर नगरपालिका पशुपन्छी विकास उप शाखाको अगुवाइमा साँखु बजारमा संचालित मासु पसलहरुको अनुगमन गरेका छन। नगरबासिको प्रत्येक्ष स्वास्थ्य संग सरोकार राख्ने मासु पसलहरुको अनुगमन गरि पहिलो पल्ट सरसफाइ र गर्नु पर्ने सुधारका बारेमा सचेत गराइएको पशुपन्छी विकास उप शाखाका प्रमुख गंगा थापा मगरले बताउनु भयो। उनका अनुसार अनुगमनका क्रममा खुल्ला रुपमा मासु बिक्री गर्ने गरेको अव्यवस्थित तरिकाले पसलहरु राखेको र पसल केही पसलहरु दर्ता नगरी संचालन भएको पाइएको छ। अनुगमन समितिका संयोजक समेत रहनु भएकी शंखरापुर नगरपालिकाकी उप मेयर शुक्र लक्ष्मी श्रेष्ठको नेतृत्वको टोलीले उक्त अनुगमन गरेको हो। उक्त अनुगमन टोलीमा शंखरापुर नगरपालिकाका योजना तथा प्रशासन शाखा प्रमुख राममणी ढकाल, पशु पन्छी बिकास उप शाखा प्रमुख गङा थापा मगर, सोही शाखा सहायक गीता तिमिल्सिना, ६ न वडाका वडा सदस्य श्रीराम श्रेष्ठ,शंखरापुर उधोग बाणिज्य संघका प्रतिनिधि शंकरमान श्रेष्ठ, शंखरापुर नगरपालिकाका नगर प्रहरी प्रमुख बिकास श्रेष्ठ र पत्रकार प्रेम प्रकाश प्रजापति सहभागी भएका थिए । अनुगमन नियमित हुने र दिएको निर्दे...

शंखरापुरका मेयर श्रेष्ठ द्वारा ५ न वडा कार्यालय भबन शिलान्यास

Image
 साँखु, बैशाख ७ गते मंगलबार । शंखरापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठले पालुबारीमा बन्न लागेको वडा कार्यालय भबनको शिलान्यास गरेका छन।   करिब २ करोड १८ लाखको लागतमा  भबन बन्न लागेको वडा नं. ५ का वडा अध्यक्ष शेर गम्भीर थापाले जानकारी दिनु भएको छ । तीन तल्लाको १२ कोठाको भबन ८ महिना भित्र सम्पन्न गर्ने योजना रहेको उहाँले बताउनु भयो।   नगरपालिका संग संगै सबै वडाहरुको पनि सुबिधा सम्पन्न भबनहरु निर्माण गर्ने अभियानमा लागेको शंखरापुर नगरपालिकाका मेयर श्रेष्ठले बताउनु भएको छ।   कार्यालय भबनहरुको अभावमा सेवाग्राहीले गुणस्तरीय सेवा पाउन नसक्ने बताउदै गुणस्तरीय सरल र छिटो सेवा प्रदान गर्न कार्यालय भबन महत्वपूर्ण हुने उहाँले बताउनु भयो ।