शंखरापुरका मेयर श्रेष्ठ द्वारा उग्रतारा मा. बि. को नयाँ भबनको शिलान्यास
साँखु,मंसिर ७ गते आइतबार । शंखरापुर नगरपालिका वडा नं. ८ स्थित घुमारीचोकको श्री उग्रतारा माध्यमिक बिद्यालय नयाँ बन्ने भबनको शंखरापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठ द्वारा शिलान्यास गरेका छन। नगरपालिकाको समन्वयमा डि. यल. पि आइको सहयोगमा साढे ३ तल्लाको १२ कोठाको आधुनिक भबन बन्न लागेको हो। ४ करोड ५० लाखको लागतमा तयार हुने उक्त बिद्यालय भबन १८ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष वीर बहादुर तामाङले बताउनु भयो। शिलान्यास कार्यक्रम लाई सम्बोधन गर्दै शंखरापुर नगरपालिका मेयर सुबर्ण श्रेष्ठले बिद्यालयको उन्नती तथा प्रगतिको काममा आफू धेरै अघि देखि लागेको बताउनु हेम सरिता पाठक फाउन्डेसन मार्फत २०७२ साल देखी जोडी दिएको बताउनु भयो। बिद्यालयको भौतिक पुर्बाधारको अभाबमा बिध्यार्थीलाई गुणस्तरिय शिक्षा दिन कठिन भएको बताउदै नयाँ भबनको निर्माण पछि त्यो समस्या हट्ने उहाँले बताउनु भयो। अब गुणस्तरीय शिक्षाको लागि शिक्षकहरुले मिहिनेत गर्नु पर्ने र आधुनिक प्रबिधिको प्रयोगमा जोड दिनुपर्ने मेयर श्रेष्ठले बताउनु भयो। तेसैगरि शंखरापुर नगरपालिकाकि उप मेयर शुक्र लक्ष्मी...