Posts

Showing posts from November, 2019

इन्द्रायणी गागल सडक कालोपत्र हुने !

Image
साँखु ,२०७६ मसिंर ७ गते शनिबार । इन्द्रायणी सानागाँउ गागल सडक मंसिर २० गते भित्र कालोपत्र हुने भएको छ । आज शंखरापुर वडा नं. ९ को कार्यलयमा ३ नं. प्रदेश सभा सदस्य द्धय मणिराम फुयाल, रामेश्वर फुयाल, शंखरापुर नगरपालिकाका उप–मेयर शुक्र लक्ष्मी श्रेष्ठ, ९ नं. का वडा अध्यक्ष घनश्याम थापा लगाएत ठेकेदारका प्रतिनिधी र सरोकार वाला हरु बिच भएको छलफलमा ठेकेदार कम्पनीका प्रतिनिधीले मंसिर २० गते भित्रै कालोपत्रे सम्पन्न गर्न प्रतिबेद्धता ब्यक्त गरेका छन । कागेश्वरी चक्रपथ अन्तरगत प्रदेश सरकारको १६ करोड ६० लाखको लागतमा इन्द्रायणी सानागाँउ गागल, डाँछी भद्रबास गागल र जगदोल गागल गरि तिन खण्डमा कालोपत्र हुन लागेको ३ नं. प्रदेशका ईन्जिनीयर सुनिल बज्रार्चायले जानकारी दिनु भएको छ । ईन्द्रायणी चोकबाट करिब ३ कि.मि लम्बाई र ५.५ मिटर कालोपत्र गर्न तयारी भैरहेको ठेकेदार कम्पनी सुर्य चन्द्र कन्सट्रसनका सब ईन्जिनीयर उज्वल खनालले बताउनु भएको छ । वडा कार्यलयमा भएको छलफल पछि स्थलगत अवलोकन समेत गरेका थिए उक्त अवलोकनका क्रममा धुलोले आक्रान्त बनाएको र बस्न गाह्रो भएको स्थानीयले गुनासो गरेको थिए त्यसै गरि केहि स्थ...

शंखरापुर नगरपालिकाको बार्षिक समिक्षा बैठक सम्पन्न

Image
साँखु ,२०७६ मसिंर ६ गते, शुक्रबार । शंखरापुर नगरपालिकाको गत आ.ब २०७५।७६को बार्षिक समिक्षा मंसिर ६ गते नगर प्रमुख सुवर्ण श्रेष्ठको अध्यक्षतामा साँखुमा सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गदै नगर प्रमुख सुवर्ण श्रेष्ठले जनताको महत्वकाक्षा धेरै रहेको तथा स्रोत सिमित रहेकोले विकास निमार्णको कार्य गर्न गाह्रो भैरहेको बताउनु भयो । कृषि र पर्यटन समृद्ध शंखरापुरको आधार भएकोले उक्त क्षेत्रमा बिशेष ध्यान दिएर काम अगाडि बडाई रहेको बताउनु भयो । उहाँले साँखु बजारलाई साँस्कृतिक र सम्पदा बस्तीको रुपमा बिकाश गर्न र जर्सिङ्गपौवा, बज्रयोगिनी, मणिचुड र कार्तिके लगाएतका क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न लागि परेको बताउनु भयो । बैठकमा उप प्रमुख शुक्रलक्ष्मी श्रेष्ठले समिक्षा गर्दा गरेका कामहरुको कमि कमजोरी पत्तालाग्ने भएकोले ६।६ महिनाको अन्तरालमा समिक्षा कार्यक्रम राख्नु पर्ने बताउनु भयो । बिकास निमार्णमा जनसहभागिता भएन भने त्यसले सार्थकता नपाउने बताउदै जनप्रतिनिधीहरु पनि बिकास निमार्णमा सक्रय हुनु पर्ने बताउनु भयो । त्यसै गरि प्रमुख प्रशासकिय अधिकृत प्रमोद सिखदाले पर्य पर्यटन र धार्म...