जर्सिङ्ग पाैवामा राजनेता एवं विशिष्ठ ब्यक्तिहरूकाे उद्यान पार्क बन्ने ः मन्त्री भट्टराई

 साँखु, कार्तिक १८ गते मंगलबार।  शंखरापुर नगरपालिकाकाे वडा नं. ३ स्थित पर्यटकिय स्थल जर्सिङ्ग पाैवामा बिभिन्न काल खण्डमा परिवतनकाे लागि लडेका राजनेताहरू एवं विशिष्ठ ब्यक्तिहरूकाे  सालिक सहित उद्यान पार्क बनाउन लागेकाे संस्कृती पर्यटन तथा नागरिक उद्द्यान मन्त्री योगेश भट्टराईले बताउनु भएकाे छ ।

 

पुर्व प्रधान मन्त्री एवं क्षेत्र नं. २ काठमाडाैंका सांसद माधब कुमार नेपाल, बागमती प्रदेशका भाैतिक याेजना मन्त्री रामेश्वर फुयाल, बागमती प्रदेश सभा सदस्य मणिराम फुयाल, पुर्व संबिधान सभा सदस्य एवं नेपाली कांग्रेसका नेता दिपक प्रसाद कुइकेल सहित मन्त्रालयका बिभागीय प्रमूखहरू पुरातत्व बिभागका प्रतिनिधीहरू साथमा अाज  जर्सिङ्ग पाैवामा  भएकाे स्थलगत अवलाेकन तथा छलफल कार्यक्रममा मन्त्री भट्टराईले उक्त कुराकाे जानकारी दिनु भएकाे हाे ।

उक्त कार्यक्रममा पुर्व प्रधान मन्त्री एवं क्षेत्र नं. २ काठमाडाैंका सांसद माधब कुमार नेपालले कुनै पनि पार्ककाे सम्रचना निर्माण गर्दा पर्याबरनलार्इ ध्यान दिनु पर्ने बताउनु भयाे । भाैतिक सम्रचना निर्माण गर्दा हालका रूख बिरूवाहरू मास्न नहुने बताउदै जथाभावी निर्माण गर्नेहाे भने पार्ककाे अाैचित्य नहुने बताउनु भयाे । काेराेना भाइरसका कारण पर्यटन ब्यवसाय धरासायी भएकाे बताउदै यसलार्इ उकास्न नयाँ नयाँ याेजना ल्याउनु पर्ने उहाँले बताउनु भयाे ।  कृषि र पर्यटननै नेपालकाे समृद्वीकाे अाधार भएकाेले कृषिमा अात्मा निर्भर हुने तर्फ काम गर्नु पर्ने बताउदै जहाँ जे कुराकाे अावश्यक्ता छ त्यही अनुसार याेजना बनाउनु पर्ने उहाँले बताउनु भयाे ।

काठमाडाैं काे अन्य ठाउँ हेरे पनि जर्सिङ्ग पाैवाा नै उपयुक्त देखिएकाे किन भने उपत्यकामा घाम छिर्ने द्वार एवं तिब्बत सँग ब्यापार गर्न्र नाकाकाे एतिहासिक महत्व समेत रहेकाे  बताउदै सबै पक्षलार्इ समेटने गरि डि.पि.अार तयार गरीने साे अवसरमा संस्कृती पर्यटन तथा नागरिक उद्द्यान मन्त्री याेगेश भट्टराईले बताउनु भयाे । काठमाडाैंका सबै अग्ला डाँडाहरूलार्इ पर्यटकिय स्ठलकाे रूपमा बिकाश गर्न मन्त्रालय लागेकाे बताउदै एकिकृत रूपमा पार्कलार्इ बिकाश गरिने उहाँले बताउनु भयाे । पार्क निर्माणमा संघ, प्रदेश र स्थानीय सरकार तथा स्थानीय बासीकाे समेत सहभागिता हुने गरि कार्यक्रम अगाडि बढाउने उहाँले बताउनु भयाे ।

कार्यक्रममा बगमती प्रदेशका भौतिक तथा योजनामन्त्री रामेश्वर फुयालले गणेशमान पार्क घुन्सा पार्क वा सहिद पार्क सहित खेल मैदान सूचना केन्द्र को समेत ब्यबस्था हुने गरि पार्क हुनु पर्ने र उक्त पार्कको लागि प्रदेश सरकारको पनि सहभागिता रहने बताउनु भयो।

तेसै गरि बागमती प्रदेशका सभासद मणिराम फुयालले आजको समय संगै परिस्थिति अनुकुल भए मात्र योजनाहरुले सफलता पाउने बताउदै तिनै तहको सरकार गठन पछि परिस्थिति तयार भएको बताउनु भयो।पार्क निर्माणका लागि स्थानीय, प्रदेश र संघीय सरकारका विभिन्न योजनाहरुलाइ एकै ठाँउमा ल्याइ मुर्तरुप दिनु पर्ने उहाँले बताउनु भयो।

संविधानसभाका पुर्ब सभासद दिपक प्रसाद कुइकेलले कहिले के योजना कहिले के योजनाको नाउँमा विभिन्न योजनाहरु आए पनि एउटा पनि योजनाले मुर्तरुप नलियको बताउनु भयो। यस्तो रमणीय स्थलमा ब्यबस्थित पार्क नहुदा जथाभावी फोहोर हुने गरेको बताउदै आफूहरुले पनि गणेशमान पार्कको रुपमा अघि बढाउन पहल गरेको बताउनु भयो।

अबलोकन तथा छलफल कार्यक्रमका सभापति समेत रहनु भएका कार्यक्रम आयोजक शंखरापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठले शंखरापुर नगरपालिकाका उचाईमा रहेका स्थानहरुलाई पर्यटकिय स्थलको रुपमा बिकाश गर्दै लाने अबधारणा बनायको बताउनु भयो। घुमारीचोकमा बुद्ध पार्क नाङ्लेभारेमा भृकुटी पार्क कात्तिके भ्यु टावर इताखेलमा नेपाल आमाको मन्दिर तथा बज्रयोगिनी र शालिनदीलाई धार्मिक पर्यटक स्थलको रुपमा बिकाश गर्ने लागेको उदाहरण दिदै मेयर श्रेष्ठले तिनै तहको सरकारको सहभागीता र समन्वयमा कार्यक्रम आयोजना गरेकोले आजको दिनलाई एतिहासिक दिनको रुपमा लिनु पर्ने बताउनु भयो।

https://www.youtube.com/watch?v=bxdVBMX17pc&t=837s

 

 

 

 

Comments