उप मेयर श्रेष्ठ द्वारा साँखुमा बजार अनुगमन
साँखु,२५ बैशाख बिहीबार । शंखरापुर नगरपालिकाका उप मेयर शुक्र लक्ष्मी श्रेष्ठ द्वारा आज साँखुमा बजार अनुगमन गरेको छ। Add caption लक डाउनको पछिल्लो समयमामा चामल, दाल चाउचाउ लगायत खाद्यान्नको मूल्य वृद्धि भएको जन गुनासो आएकोले बजार अनुगमन गरेको उप मेयर श्रेष्ठले जानकारी दिनु भयो । अनुगमनका क्रममा तरकारी र फलफूलमा खासै मुल्यवृद्धि नभए पनि दालमा केहि मूल्य वृद्धि भएको पाइएको छ। तर ब्यापारीहरुले सामान ल्याउने ठाँउमा नै बढेकोले आफुहरुले पनि बढाउनु परेको बताए । सरकारले लक डाउनलाई काठमाडौं मा केही खुकुलो बनाए संगै खाद्यान्न लगायत अत्ति आबश्यक बस्तु बाहेक पनि पसलहरु खोलेको अनुगमनका क्रममा भेतिएको छ। यस अघि बिहान ६ बजे बाट ८ बजे सम्म र बेलुकी ५ देखि ७ बजे सम्म पसल खोल्ने समय नगरपालिकाले तोकिए पनि प्राय ब्यापारीहरुले उक्त नियम पालना गरेको देखिएन। https://youtu.be/f-SgRL_fmL8 अनुगमन टोलीमा महानगरीय प्रहरी प्रभाग साँखुका प्रमुख प्रहरी निरीक्षक गोबिन्द पन्थी , वडा नं. ७ का वडा अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठ , वडा नं. ६ का वडा सदस्य श्रीराम श्रेष्ठ र पत्रकारहरु सहभागी भएका थिए ।