Posts

Showing posts from June, 2022

साँखु जेसिजद्वारा शंखरापुर नगरपालिकाका नबनिर्बाचित जनप्रतिनिधिहरु सम्मानित

Image
 साँखु जेठ २१ गते शनिबार। साँखु जेसिजद्वारा शंखरापुर नगरपालिकाका नबनिर्बाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ।       आज साँखुमा आयोजित एक कार्यक्रममा उहाँहरुलाई सम्मानित गरिएको हो। साँखु जेसिजका अध्यक्ष जयराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शंखरापुरका नबनिर्बाचित मेयर रमेश नापित, उप मेयर समिता श्रेष्ठ सहित वडा अध्यक्षहरु बावुराम दंगाल, रण बहादुर तामाङ, सुर्य तामाङ, राधाकृष्ण श्रेष्ठ, बिष्णु प्रसाद श्रेष्ठ, पोते थीं र सहदेव श्रेष्ठ लाई सम्मानित गरेको हो।         त्यसैगरी वडा सदस्यहरु र कार्यपालिका सदस्यहरूलाई पनि सम्मानित गरेको थियो। कार्यक्रम संचालन साँखु जेसिजका महासचिब गणेश दुलालले गरेका थिए भने जेसी अमन श्रेष्ठले स्वागत गरेका थिए।

जनताले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पुरा गर्छु: मेयर नापित

Image
 साँखु, जेठ २१ गते शनिबार। शंखरापुर नगरपालिकाका मेयर रमेश नापितले बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्बाचन मार्फत जनताले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पुरा गर्ने बताउनु भएको छ।   जनताले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पुरा गर्छु: मेयर नापित   साँखु जेसिजद्वारा आज साँखुमा आयोजित नवनिर्वाचित जनप्रतिनिधिहरुको सम्मान कार्यक्रममा उक्त कुरा बताउनु भएको हो। नगरपालिका भित्रका बेथितीहरू हटाउँदै जनताले अनुभुति हुने गरी काम गर्ने बताउँदै उहाँले सबै संग हातेमालो गर्दै अघि बढ्ने बताउनु भयो।       शंखरापुर नगरपालिका कायम गर्ने आन्दोलनमा साँखु जेसिजको योगदानको प्रशंसा गर्दै मेयर नापितले त्यो आन्दोलनको प्रतिफल नै आफू मेयर बन्न सफल भएको बताउनु भयो। नगरको पहिलो बैठकमै अबैध प्राकृतिक स्रोतको उत्खनन बन्द गर्ने निर्णय गरेको बताउदै किसानहरूले भोग्दै आएको मलको समस्या समाधानमा आफू सक्रियपुर्वक लागेको उहाँले बताउनु भयो।       कार्यक्रममा शंखरापुर नगरपालिकाकी उप मेयर समिता श्रेष्ठले कोरोना बाट आक्रान्त भएको समयमा पनि साँखु जेसीजले अक्सिजन उपलब्ध गराउँदै सहयाेग ग...