शंखरापुरका मेयर श्रेष्ठ द्वारा उग्रतारा मा. बि. को नयाँ भबनको शिलान्यास

 


 


साँखु,मंसिर ७ गते आइतबार । शंखरापुर नगरपालिका वडा नं. ८ स्थित घुमारीचोकको श्री उग्रतारा माध्यमिक बिद्यालय नयाँ बन्ने भबनको शंखरापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठ द्वारा शिलान्यास गरेका छन।

नगरपालिकाको समन्वयमा डि. यल. पि आइको सहयोगमा साढे ३ तल्लाको १२ कोठाको आधुनिक भबन बन्न लागेको हो।

४ करोड ५० लाखको लागतमा तयार हुने उक्त बिद्यालय भबन १८ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष वीर बहादुर तामाङले बताउनु भयो।

शिलान्यास कार्यक्रम लाई सम्बोधन गर्दै शंखरापुर नगरपालिका मेयर सुबर्ण श्रेष्ठले बिद्यालयको उन्नती तथा प्रगतिको काममा आफू धेरै अघि देखि लागेको बताउनु हेम सरिता पाठक फाउन्डेसन मार्फत २०७२ साल देखी जोडी दिएको बताउनु भयो। बिद्यालयको भौतिक पुर्बाधारको अभाबमा बिध्यार्थीलाई गुणस्तरिय शिक्षा दिन कठिन भएको बताउदै नयाँ भबनको निर्माण पछि त्यो समस्या हट्ने उहाँले बताउनु भयो।

अब गुणस्तरीय शिक्षाको लागि शिक्षकहरुले मिहिनेत गर्नु पर्ने र आधुनिक प्रबिधिको प्रयोगमा जोड दिनुपर्ने मेयर श्रेष्ठले बताउनु भयो।

तेसैगरि शंखरापुर नगरपालिकाकि उप मेयर शुक्र लक्ष्मी श्रेष्ठले भौतिक पुर्बाधारको बिकास संगै गुणस्तरीय शिक्षामा जोड दिन सके मात्र सफल हुने बताउनु भयो। नगरपालिकाले शिक्षकहरुको दरबन्दी मिलान काम गरि रहेकोले आबस्यक दरबन्दीको ब्यबस्था हुने बताउनु भयो।

डि. यल. पि आइका प्रतिनिधि अर्जुन रायमाझीले निजि बिद्यालयमा पढाउने मानसिकतामा परिबर्तन ल्याउन पनि गुणस्तरीय शिक्षा प्रदान गर्नुको बिकल्प नरहेको बताउनु भयो । बिद्यालयका शिक्षकहरुले समेत आफ्ना छोराछोरीलाई निजि बिद्यालयमा पढाउने परिपाटी बढेको भन्दै आफुलाइ आफू संग बिश्वास नभए शिक्षण पेसा छाडेर अन्य पेशा रोज्न सल्लाह दिनु भयो।

कार्यक्रममा शंखरापुर नगरपालिकाका नगर प्रबक्ता एबम वडा नं. ८ का वडा अध्यक्ष हितमान तामाङले भौतिक पुर्बाधारको अभावमा पढ्न अप्ठ्यारोमा परेका बिध्यार्थीलाई अब सजिलो हुने बताउदै अभिभावकलाई समेत बिद्यालय संग जोद्न सके मात्र बिद्यालयको प्रगती हुने बताउनु भयो

गाउँकै पुरानो बिद्यालय जोगाइ राख्न समेत एक घर एक बिध्यार्थी भर्ना गर्नु पर्ने बताउनु भयो । शिक्षक दरबन्दी लागायत आर्थिक स्रोतको समस्या झेलीरहेको बताउदै यसको समाधानको लागि नगरपालिकाले पहल गर्न बिद्यालयका प्रधानाध्यापक डम्बर घ्लानले अनुरोध गर्नु भयो।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष वीर बहादुर तामाङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम शिक्षक वीर बहादुर च्याम्बाले संचालन गरेका थिए ।

Comments