प्रदेश मन्त्री फुयाल नेतृत्वकाे टाेली द्वारा निर्माणाधिन काठे चक्रपथकाे निरिक्षण

 साँखु, कार्तिक १८ गते मंगलबार। बागमती प्रदेशका भाैतिक बिकाश मन्त्री रामेश्वर फुयालकाे नेतृत्वमा बागमती प्रदेश सदस्य मणिराम फुयाल, शंखरापुर नगरपालिकाका मेयर सुर्वण श्रेष्ठ, शंखरापुर नगरपालिकाका उपमेयर शुक्र लक्ष्मी श्रेष्ठ, शंखरापुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष हितमान तामाङ्ग सहितकाे टाेली द्वारा निर्माणाधिन काठे चक्रपथ अन्तरगत साँखु अधिकारी गाउँ, गागल फेदी, सुन्दरीजल र नयाँ पाटी खण्डकाे निरिक्षण गरेका छन ।

बागमती प्रदेश सरकारकाे लगानीमा निर्माण हुन लागेकाे काठे चक्रपथ अन्तर्गत उपत्यकामा निर्माण भैरहेकाे छ खण्ड मध्य काठमाडाैंमा ४ खण्डमा काम भैरहेकेा छ । कुल १५६.८ किलाे मिटर लम्बार्इकाे उक्त सडककाे अवस्था बारे जानकारी लिदै मन्त्री फुयालले यस खण्डकाे लागि २ कराेडकाे याेजना अागामी बैशाख भित्र सम्पन्न गर्न निर्देशन दिनु भयाे ।  बहु बर्षिय ठेक्का मार्फत सडक निर्माण हुने बताउदै स्थानीय तहकाे पनि सहभागिता हुनु पर्ने बताउनु भयाे ।

बागमती प्रदेश सभा सदस्य मणिराम फुयालले कामकाे शुरूवाट हुनु शुखद भएकाे बताउदै दिर्घकालिन याेजनाका साथ काम हुनु पर्ने बताउनु भयाे । काठे चक्रपथकाे अवधारणा मन्ती रामेश्वर फुयालले ल्यायकाे स्मरण गर्दै कामलाइ नतिजामा ल्याउन सबै लाग्नु पर्ने बताउनु भयाे ।

शंखरापुर नगरपलिकाका मेयर सुर्वण श्रेष्ठले स्थानीय, प्रदेश र संघिय सरकारकाे सहकार्यमा बिकाश निर्माणका कामहरू भैरहेकाे बताउदै बिकाश निर्माणमा स्थानीय जनताकाे पनि साथ र सहयाेग अावस्यक हुने बताउनु भयाे ।

शंखरापुर नगरपालिकाका उपमेयर शुक्र लक्ष्मी श्रेष्ठले बिकास निर्माणमा अाफुहरू पनि सक्रय रूपमा लागि परेकाे बताउदै नतिजा पनि बिस्तारै देखिन थालेकाे उनले बताए ।

Comments