साँखु बजारको राजकुलो पुनः निर्माण हुने
साँखु बैशाख ७ गते मंगलवार। शंखरापुर नगरपालिकाको वडा नं. ६ र ७ मा पर्ने साँखु बजार भित्रको राजकुलो पुनः निर्माण हुने भएको छ।
शंखरापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठले दिएको जानकारी अनुसार रास्तृय पुनः निर्माण प्राधिकरणको सहयोगमा उक्त राजकुलो पुनः निर्माण हुन लागेको हो।
प्राधिकरणको करिब ३ करोड ५० लाख आर्थिक सहयोगमा उपभोक्ता समूह मार्फत काम हुने गरि प्रक्रिया अघि बढेको मेयर श्रेष्ठले बताउनु भयो।
बैशाक ६ गते नगरपालिकामा सम्पन्न सम्पदा उप समितिको बैठक बाट बैशाख ११ गते शनिबार चलाखुटोलमा सार्बजनिक भेलाको आयोजना गरि उपभोक्ता समितिको गठन गर्ने निर्णय समेत गरिएको छ।
हाल अस्त ब्यस्त रुपमा रहेको उक्त राजकुलो पुनः निर्माण हुनु राम्रो कुरा भएको र यसले साँखुको साेभा बढने भएकाेले स्थानीयहरु उत्साहित भएका छन।
यस अघि पनि पुनः निर्माण हुने कुरा सुने पनि अहिले सम्म बन्न नसकेको राजकुमार श्रेष्ठले बताए। सम्पदा बस्तीको रुपमा बिकास हुन लागेको साखु शहरको गहनाको रुपमा रहेको ऐतिहासिक महत्वको राजकुलो पुनः निर्माणको अभाबमा अतिक्रमणमा समेत परेको छ।
यसको संरक्षण गरि अतिक्रमण भएका ठाउँहरुमा खुल्ला रुपमा पानी बहन बनाउनु पर्ने स्थानीयहरुको माग रहेको छ।
Comments
Post a Comment