शंखरापुर नगरपालिका द्वारा साँखु बजारका मासु पसलहरुको अनुगमन ।

 साँखु, बैशाख ७ गते मंगलबार । शंखरापुर नगरपालिका पशुपन्छी विकास उप शाखाको अगुवाइमा साँखु बजारमा संचालित मासु पसलहरुको अनुगमन गरेका छन।

नगरबासिको प्रत्येक्ष स्वास्थ्य संग सरोकार राख्ने मासु पसलहरुको अनुगमन गरि पहिलो पल्ट सरसफाइ र गर्नु पर्ने सुधारका बारेमा सचेत गराइएको पशुपन्छी विकास उप शाखाका प्रमुख गंगा थापा मगरले बताउनु भयो।

उनका अनुसार अनुगमनका क्रममा खुल्ला रुपमा मासु बिक्री गर्ने गरेको अव्यवस्थित तरिकाले पसलहरु राखेको र पसल केही पसलहरु दर्ता नगरी संचालन भएको पाइएको छ।

अनुगमन समितिका संयोजक समेत रहनु भएकी शंखरापुर नगरपालिकाकी उप मेयर शुक्र लक्ष्मी श्रेष्ठको नेतृत्वको टोलीले उक्त अनुगमन गरेको हो।

उक्त अनुगमन टोलीमा शंखरापुर नगरपालिकाका योजना तथा प्रशासन शाखा प्रमुख राममणी ढकाल, पशु पन्छी बिकास उप शाखा प्रमुख गङा थापा मगर, सोही शाखा सहायक गीता तिमिल्सिना, ६ न वडाका वडा सदस्य श्रीराम श्रेष्ठ,शंखरापुर उधोग बाणिज्य संघका प्रतिनिधि शंकरमान श्रेष्ठ, शंखरापुर नगरपालिकाका नगर प्रहरी प्रमुख बिकास श्रेष्ठ र पत्रकार प्रेम प्रकाश प्रजापति सहभागी भएका थिए ।

अनुगमन नियमित हुने र दिएको निर्देशन पालना नभए जरिवाना गरिने उप मेयर शुक्र लक्ष्मी श्रेष्ठले बताउनु भयो। अनिबार्य पसलहरु दर्ता हुनु पर्ने र मापदण्ड अनुसार संचालन हुनु पर्ने बताउदै उहाँले अन्यथा कारर्बाही हुने बताउनु भयो।


Comments