शंखरापुरका मेयर श्रेष्ठ द्वारा ५ न वडा कार्यालय भबन शिलान्यास
साँखु, बैशाख ७ गते मंगलबार । शंखरापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठले पालुबारीमा बन्न लागेको वडा कार्यालय भबनको शिलान्यास गरेका छन।
नगरपालिका संग संगै सबै वडाहरुको पनि सुबिधा सम्पन्न भबनहरु निर्माण गर्ने अभियानमा लागेको शंखरापुर नगरपालिकाका मेयर श्रेष्ठले बताउनु भएको छ।
कार्यालय भबनहरुको अभावमा सेवाग्राहीले गुणस्तरीय सेवा पाउन नसक्ने बताउदै गुणस्तरीय सरल र छिटो सेवा प्रदान गर्न कार्यालय भबन महत्वपूर्ण हुने उहाँले बताउनु भयो ।
Comments
Post a Comment