साँखु जेसिजद्वारा शंखरापुर नगरपालिकाका नबनिर्बाचित जनप्रतिनिधिहरु सम्मानित


 साँखु जेठ २१ गते शनिबार। साँखु जेसिजद्वारा शंखरापुर नगरपालिकाका नबनिर्बाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ।

 
 
 
आज साँखुमा आयोजित एक कार्यक्रममा उहाँहरुलाई सम्मानित गरिएको हो। साँखु जेसिजका अध्यक्ष जयराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शंखरापुरका नबनिर्बाचित मेयर रमेश नापित, उप मेयर समिता श्रेष्ठ सहित वडा अध्यक्षहरु बावुराम दंगाल, रण बहादुर तामाङ, सुर्य तामाङ, राधाकृष्ण श्रेष्ठ, बिष्णु प्रसाद श्रेष्ठ, पोते थीं र सहदेव श्रेष्ठ लाई सम्मानित गरेको हो।
 
 
 
 
त्यसैगरी वडा सदस्यहरु र कार्यपालिका सदस्यहरूलाई पनि सम्मानित गरेको थियो। कार्यक्रम संचालन साँखु जेसिजका महासचिब गणेश दुलालले गरेका थिए भने जेसी अमन श्रेष्ठले स्वागत गरेका थिए।

Comments