जनताले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पुरा गर्छु: मेयर नापित


 साँखु, जेठ २१ गते शनिबार। शंखरापुर नगरपालिकाका मेयर रमेश नापितले बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्बाचन मार्फत जनताले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पुरा गर्ने बताउनु भएको छ।

 
जनताले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पुरा गर्छु: मेयर नापित
 
साँखु जेसिजद्वारा आज साँखुमा आयोजित नवनिर्वाचित जनप्रतिनिधिहरुको सम्मान कार्यक्रममा उक्त कुरा बताउनु भएको हो। नगरपालिका भित्रका बेथितीहरू हटाउँदै जनताले अनुभुति हुने गरी काम गर्ने बताउँदै उहाँले सबै संग हातेमालो गर्दै अघि बढ्ने बताउनु भयो।
 
 
 
शंखरापुर नगरपालिका कायम गर्ने आन्दोलनमा साँखु जेसिजको योगदानको प्रशंसा गर्दै मेयर नापितले त्यो आन्दोलनको प्रतिफल नै आफू मेयर बन्न सफल भएको बताउनु भयो। नगरको पहिलो बैठकमै अबैध प्राकृतिक स्रोतको उत्खनन बन्द गर्ने निर्णय गरेको बताउदै किसानहरूले भोग्दै आएको मलको समस्या समाधानमा आफू सक्रियपुर्वक लागेको उहाँले बताउनु भयो।
 
 
 
कार्यक्रममा शंखरापुर नगरपालिकाकी उप मेयर समिता श्रेष्ठले कोरोना बाट आक्रान्त भएको समयमा पनि साँखु जेसीजले अक्सिजन उपलब्ध गराउँदै सहयाेग गरेको चर्चा गर्दै जेसिजसँग सहकार्य गरी अघि बढ्ने बताउनु भयो। समग्र नगरपालिकाकाे विकाशमा नगरपालिका सँग सँगै सामाजिक संस्थाहरू पनि सक्रिय हुनुपर्ने बताउँदै विकाश निर्माणमा अघि बढ्न उहाँले आग्रह गर्नु भयो।
 
 
 
नगर प्रबक्ता एबम् वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठले सुशासन र समृद्धि आफूहरुको पहिलो प्राथमिकता रहेको बताउदै शंखरापुर नगरपालिकाको नियमित काममा बाहेक अरु कुनै पनि काममा गाडी लगाएतका सुविधाहरु नलिने जानकारी गराउनु भयो।
 
 
 
 
जनताको सेवकको रुपमा काम गर्ने बताउँदै जनताको चाहना अनुसार आफूहरुले काम गर्ने बताउनु भयो । नगरपालिकासँग सहकार्य तथा समन्वय गरी सामाजिक काम गर्न साँखु जेसिज सधै तयार रहेको साँखु जेसिजका अध्यक्ष जयराम श्रेष्ठले बताउनु भयो।

Comments