इन्द्रायणी गागल सडक कालोपत्र हुने !
साँखु ,२०७६ मसिंर ७ गते शनिबार । इन्द्रायणी सानागाँउ गागल सडक मंसिर २० गते भित्र कालोपत्र हुने भएको छ । आज शंखरापुर वडा नं. ९ को कार्यलयमा ३ नं. प्रदेश सभा सदस्य द्धय मणिराम फुयाल, रामेश्वर फुयाल, शंखरापुर नगरपालिकाका उप–मेयर शुक्र लक्ष्मी श्रेष्ठ, ९ नं. का वडा अध्यक्ष घनश्याम थापा लगाएत ठेकेदारका प्रतिनिधी र सरोकार वाला हरु बिच भएको छलफलमा ठेकेदार कम्पनीका प्रतिनिधीले मंसिर २० गते भित्रै कालोपत्रे सम्पन्न गर्न प्रतिबेद्धता ब्यक्त गरेका छन ।
कागेश्वरी चक्रपथ अन्तरगत प्रदेश सरकारको १६ करोड ६० लाखको लागतमा इन्द्रायणी सानागाँउ गागल, डाँछी भद्रबास गागल र जगदोल गागल गरि तिन खण्डमा कालोपत्र हुन लागेको ३ नं. प्रदेशका ईन्जिनीयर सुनिल बज्रार्चायले जानकारी दिनु भएको छ ।
ईन्द्रायणी चोकबाट करिब ३ कि.मि लम्बाई र ५.५ मिटर कालोपत्र गर्न तयारी भैरहेको ठेकेदार कम्पनी सुर्य चन्द्र कन्सट्रसनका सब ईन्जिनीयर उज्वल खनालले बताउनु भएको छ ।
वडा कार्यलयमा भएको छलफल पछि स्थलगत अवलोकन समेत गरेका थिए उक्त अवलोकनका क्रममा धुलोले आक्रान्त बनाएको र बस्न गाह्रो भएको स्थानीयले गुनासो गरेको थिए त्यसै गरि केहि स्थानमा बिजुलीको पोल सार्नुपर्ने, सडकमा पानी छोडिदीएको केहि स्थानमा सडकको सिमाकन हुन बाकि रहेको पाईएको छ ।
सो क्रममा प्रदेश सभा सदस्य मणिराम फुयालले सडक निमार्णका क्रममा जनता, ठेकेदार र जनप्रतिनीधी बिच सहकार्य गरि सबैको अपनोटो महसुस हुने गरि काम गर्नुपर्ने बताउनु भयो ।
त्यसै गरि प्रदेश सभाका सदस्य रामेश्वर फुयालले हिजो कागेश्वरी चक्रपथको सपना देख्दा नपत्याउनेहरु धेरै भएको र आज उक्त सपना पुरा हुने क्रममा रहेको बताउनु भयो । काठ क्षेत्रका जनतालाई सुविधा दिन सडक संजाल बिस्तार गर्ने योजना रहेको उहाँले बताउनु भयो ।
नगरपालिकाका उप–मेयर शुक्र लक्ष्मी श्रेष्ठले सडकलाई बलियो बनाउन सडक छेउमा ड्रेन बनाउन नगरपालिकाले पनि बजेट ब्यवस्था गरेको बताउदै तिनै तहका सरकारको संयोजनमा बिकास निमार्ण तिब्र गतिमा अगाडि बढाउनुपनेए बताउनु भयो ।

Comments
Post a Comment