शंखरापुर नगरपालिकाको बार्षिक समिक्षा बैठक सम्पन्न


साँखु ,२०७६ मसिंर ६ गते, शुक्रबार । शंखरापुर नगरपालिकाको गत आ.ब २०७५।७६को बार्षिक समिक्षा मंसिर ६ गते नगर प्रमुख सुवर्ण श्रेष्ठको अध्यक्षतामा साँखुमा सम्पन्न भएको छ ।
बैठकलाई सम्बोधन गदै नगर प्रमुख सुवर्ण श्रेष्ठले जनताको महत्वकाक्षा धेरै रहेको तथा स्रोत सिमित रहेकोले विकास निमार्णको कार्य गर्न गाह्रो भैरहेको बताउनु भयो ।
कृषि र पर्यटन समृद्ध शंखरापुरको आधार भएकोले उक्त क्षेत्रमा बिशेष ध्यान दिएर काम अगाडि बडाई रहेको बताउनु भयो । उहाँले साँखु बजारलाई साँस्कृतिक र सम्पदा बस्तीको रुपमा बिकाश गर्न र जर्सिङ्गपौवा, बज्रयोगिनी, मणिचुड र कार्तिके लगाएतका क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न लागि परेको बताउनु भयो ।

बैठकमा उप प्रमुख शुक्रलक्ष्मी श्रेष्ठले समिक्षा गर्दा गरेका कामहरुको कमि कमजोरी पत्तालाग्ने भएकोले ६।६ महिनाको अन्तरालमा समिक्षा कार्यक्रम राख्नु पर्ने बताउनु भयो ।
बिकास निमार्णमा जनसहभागिता भएन भने त्यसले सार्थकता नपाउने बताउदै जनप्रतिनिधीहरु पनि बिकास निमार्णमा सक्रय हुनु पर्ने बताउनु भयो ।
त्यसै गरि प्रमुख प्रशासकिय अधिकृत प्रमोद सिखदाले पर्य पर्यटन र धार्मिक पर्यटनको रुपमा शंखरापुरलाई बिकास गर्न लागि परेको बताउनु भयो ।
बिभिन्न स्थानमा पार्क निमार्ण जर्सिङ्गपौवामा गुरु योजना तयार गरि रहेको बताउदै मणिचुडलाई जडिबुडि उद्योगकोे रुपमा बिकास गर्न काम भैरहेको बताउनु भयो ।
भुकम्प पश्चात पुन निर्माणमा पनि बिशेष ध्यान दिएर काम भैरहेको बताउनु भयो ।
उक्त बैठकमा शिक्षा,स्वास्थ्य,कृषि,पशु,आर्थिक प्रशासन, आर्थिक बिकास शाखा र महिला बालबालिका तथा जेष्ठनागरिक शाखाका प्रमुखहरुले गत बर्ष आ–आफ्नो शाखाबाट भएका कामहरुको प्रतिबेदन पेश गरेका थिए ।

Comments