साँखुकाे शालिनदीमा माधबनारायण व्रत अारम्भं

साँखु, माघ १५ गते बिहिबार । पाैष शुक्ल पुर्णिमा देखि माघ शुक्ल पुर्णिमा एक महिना सम्म लाग्ने श्री माधब नारायण तथा स्वस्थानी व्रत अाज बाट साँखुकाे शालिनदीमा शुरू भएकाे छ ।

काेभिड १९ का कारण अन्याेलताका बिच श्री माधब नारायण स्वथानी व्रत तथा शालिनदी सुधार समितीकाे ब्यवस्थापनमा व्रत शुरू भएकाे हाे ।

यस बर्ष काेभिड १९ का कारण ५२ जना ब्रतालुहरूलाइ मात्र ब्रत बस्न समितीले ब्यवस्था गरेकाे छ । व्रत बस्न अाउने सम्पुर्ण व्रतालुहरूकाे एण्टीजेन परिक्षण गरिनुकाे साथै निमाेनीया र अन्य दिर्घराेग नलागेकाे प्रमाण पेश गरेकाहरूलाइ मात्र व्रत बसाएकाे थियाे ।
Comments
Post a Comment