शंखरापुरका मेयर तथा उपमेयर द्वारा साँखु बजार सडक ढलान निरिक्षण
साँखु, कार्तिक ५ गते बुधबार । शंखरापुर नगरपालिकाकाे मेयर सुवर्ण श्रेष्ठ तथा उपमेयर सुक्र लक्ष्मी श्रेष्ठ द्वारा साँखु बजारकाे सडक ढलान कार्यकाे निरिक्षण गरेका छन ।

एक सासंद एक निर्वाचन क्षेत्र अन्तरगत सडककाे लागि १० कराेड सम्म सिफारिस गर्न पाउने कार्यक्रम अनुसार यहाँका सासंद तथा पुर्व प्रधान मंन्त्री माधब कुमार नेपालकाे सिफारीसमा छुट्टाएकाे ३ कराेड काे ठेक्का मार्फत उक्त सडककाे ढलान कार्य सुरू भएकाे हाे । त्यसै गरि साँखु बज्रयाेगिनी, चाैकी भन्जायाङ सडकाे लागि ५ कराेड सिफारिस गरेका थिए भने मुलपानी सडककाे लागि २ कराेड सिफारिस गरेका थिए ।

पुरानाे बसपार्कबाट प्राधिकरण गेट सम्म २ सय मिटर र महादेब ढाेका अाेरालाेमा ६० मिटर गरि २ सय ६० मिटर ढलान हुने उक्त अायाेजनाका इन्जिनियर राम चन्द्र प्याकुरेलले जानकारी दिनु भयाे । ७ मिटर चाैडाइ र ८ सय मिटर लम्बाइ रहने उक्त सडककाे बाँकी भागमा अास्पाल प्रबिधीबाट कालाे पत्रेहुने उनले बताए ।

ठेकेदार कम्पनी बि. एन. टि. कन्ट्रक्सन प्रा.लि. का प्रतिनिधि शंखर बताए अनुसार दशै सम्ममा ढलान सकाउने र तिहार सम्ममा कालाेपत्रे सकाउने याेजना रहेकाे छ ।

Comments
Post a Comment