उप मेयर श्रेष्ठ द्वारा साँखुमा बजार अनुगमन
साँखु,२५ बैशाख बिहीबार । शंखरापुर नगरपालिकाका उप मेयर शुक्र लक्ष्मी श्रेष्ठ द्वारा आज साँखुमा बजार अनुगमन गरेको छ।
![]() |
| Add caption |

लक डाउनको पछिल्लो समयमामा चामल, दाल चाउचाउ लगायत खाद्यान्नको मूल्य वृद्धि भएको जन गुनासो आएकोले बजार अनुगमन गरेको उप मेयर श्रेष्ठले जानकारी दिनु भयो ।

अनुगमनका क्रममा तरकारी र फलफूलमा खासै मुल्यवृद्धि नभए पनि दालमा केहि मूल्य वृद्धि भएको पाइएको छ। तर ब्यापारीहरुले सामान ल्याउने ठाँउमा नै बढेकोले आफुहरुले पनि बढाउनु परेको बताए ।
सरकारले लक डाउनलाई काठमाडौं मा केही खुकुलो बनाए संगै खाद्यान्न लगायत अत्ति आबश्यक बस्तु बाहेक पनि पसलहरु खोलेको अनुगमनका क्रममा भेतिएको छ।

यस अघि बिहान ६ बजे बाट ८ बजे सम्म र बेलुकी ५ देखि ७ बजे सम्म पसल खोल्ने समय नगरपालिकाले तोकिए पनि प्राय ब्यापारीहरुले उक्त नियम पालना गरेको देखिएन।
https://youtu.be/f-SgRL_fmL8
अनुगमन टोलीमा महानगरीय प्रहरी प्रभाग साँखुका प्रमुख प्रहरी निरीक्षक गोबिन्द पन्थी , वडा नं. ७ का वडा अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठ , वडा नं. ६ का वडा सदस्य श्रीराम श्रेष्ठ र पत्रकारहरु सहभागी भएका थिए ।

Comments
Post a Comment